एकै दिन १ हजार पाँचसयले बढ्यो सुनको मूल्य

  • नेपाल राष्ट्रिय दैनिक
  • February 13, 2022
1635054543

आज एकै दिन सुनको प्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५