प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध आज बिहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ।
नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित तीन दलका ९८ जना सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो। ।संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम, जबराविरुद्ध प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।
जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ भने सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो इजलास बहिस्कार गर्दै आएका थिए ।
संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वत: निलम्बनमा पर्ने छन्। महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्