वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका छ ।
बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको भन्दै वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । कर्जाको माग बढेपनी निक्षेप संकलन हुन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघले जनाएको छ ।
संघको निर्णय अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको छ । यसअघि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् भने बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने सहमती कायम गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्