माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 10, 2022
Maoist Center Party Office Perisdada

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एकीकृत नेकपा माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार भोली र पर्सी गरी दुई दिनको लागि बोलाइएको केन्द्रीय कमिटी बैठक विशेष कारणले स्थगित गरिएको हो ।

एकीकृत नेकपा माओवादीको आठौं महाधिवेशनले पदाधिकारी छनोटको जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो । महाधिवेशनपछि एकपटक बैठक बसे पनि पदाधिकारी छनोट हुन सकेको छैन । महाधिवेशन सकिएपछि पौष १९ गते बसेको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

त्यसपछि कोरोना महामारीका कारण केन्द्रीय कमिटीको बैठक बस्न सकेन । माओवादीको विधानले १५ सदस्यीय कार्यालयको व्यवस्था गरेको छ । संविधानअनुसार एकीकृत नेकपा माओवादीले बरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५