सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेलमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कारबाही बढाउनुभएको छ ।
सोही क्रममा उहाँले मंगलबार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गर्नुभएको छ ।
नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।
सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्