कांग्रेस पदाधिकारी बैठक आज बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • February 9, 2022
congress nsSNoB9

सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५