कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका सिनेमा हल फागुन १ गतेदेखि खुल्ने भएका छन्।
सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको हो। कोभिड (१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको हो।
कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्