बिहान ७ बजेदेखि ई-पासपोर्ट अनलाइन बुकिङ गरेकाहरुलाई सेवा दिइने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2022
department of passport

विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ ।

पुरानो बुकिङ भएकाहरुलाई बिहान ७ बजेदेखि १० बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।

यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान ७ बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो ।

नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले जानकारी दिनुभयो ।

यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।यस्तैस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिने विभागले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५