हिउंमा फसेकालाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खाद्यान्न छोडेर फर्कियो

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2022
jumla

सेतक चिनी नामको जडिबुटी टिप्न करीब दुई साताअघि हिंडेका जुम्लाका ३४ जना हिउंमा फसेको खबर पाएपछी उनिहरुको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण रित्तै फर्किएको छ ।

उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर बाक्लो हिमपातका कारण अवतरण गर्न नसकेर फर्किएको हो । अवतरण गर्ने ठाउँ नभएपछि उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टरले खानेकुरा खसालेर फर्किएको हो । हिउँमा फसेकाहरू अस्थायी टहरा बनाएर बसेका र उनिहरु सकुशल रहेको उद्धार टोलिले बताएको छ । अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको जानकारी प्राप्त भएको छ । तत्काल फर्किन असम्भव रहेको तर हिमपात रोकिएपछी पनि फर्किन सकेनन् भने उनिहरुको उद्धारको लागि आवश्यक तयारी गरिने बताइएको छ ।

सेतक चिनी संकलन गर्न गएका मध्य फर्किने क्रममा भारी हिमपातका कारण अत्यधिक चिसोले २ जनाको भने मृत्‍यु भएको छ । तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५