हिउंमा फसेकालाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खाद्यान्न छोडेर फर्कियो

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2022
jumla

सेतक चिनी नामको जडिबुटी टिप्न करीब दुई साताअघि हिंडेका जुम्लाका ३४ जना हिउंमा फसेको खबर पाएपछी उनिहरुको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण रित्तै फर्किएको छ ।

उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर बाक्लो हिमपातका कारण अवतरण गर्न नसकेर फर्किएको हो । अवतरण गर्ने ठाउँ नभएपछि उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टरले खानेकुरा खसालेर फर्किएको हो । हिउँमा फसेकाहरू अस्थायी टहरा बनाएर बसेका र उनिहरु सकुशल रहेको उद्धार टोलिले बताएको छ । अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको जानकारी प्राप्त भएको छ । तत्काल फर्किन असम्भव रहेको तर हिमपात रोकिएपछी पनि फर्किन सकेनन् भने उनिहरुको उद्धारको लागि आवश्यक तयारी गरिने बताइएको छ ।

सेतक चिनी संकलन गर्न गएका मध्य फर्किने क्रममा भारी हिमपातका कारण अत्यधिक चिसोले २ जनाको भने मृत्‍यु भएको छ । तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावत र ८ की ३७ वर्षीया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५