बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री अब्दुल

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2022
132689 llrelrewlg 1576153756

बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ऋणको जालू मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ।
शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।
सिन्ह्वाका अनुसार मन्त्रीले ूऋण जाल चिन्ताू भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास हो भनेका छन्।

ऋण(जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बङ्गलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ। मोमेनले भने कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।

बङ्गलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५