फागुन १ गतेदेखि शिक्षण संस्था खोल्ने तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 5, 2022
bishow prakash school

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएपछि बन्द विद्यालय पुनः खोल्न गृहकार्य सुरु भएको छ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले शुक्रबार विद्यालयसँगै विभिन्न सेवा क्षेत्र सञ्चालन र सहजीकरणका विषयमा शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालासँगको छलफलमा यो विषयलाई अगाडि बढाएको हो । प्राप्त सुझावका आधारमा राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा आगामी आइतबार सीसीएमसीको बैठक बसेर थप सुझाव दिने बताइएको छ ।

बैठकमा सीसीएमसीका प्रमुख तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया सहभागी थिए । दीपक शर्मा, सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कार्यक्रममा राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार फाल्गुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारलाई ठोस निर्णय गर्न सुझाव दिइएको छ ।

काठमाडौंसहित विभिन्न जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय तथा अन्य सेवा बन्द गर्न निर्देशन दिए पनि गोकर्णेश्वर लगायत नगरपालिकामा भने विद्यालय खुल्न थालेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५