मौसम प्रतिकूल भएपछि सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलन स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2022
ck raut 20190310011022

सीके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले मौसम प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव चन्दन सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ २० गते रातीबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूलहुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिकारनगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ । त्यस अन्तर्गत किसानसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हुन अनुरोध छ ।’

मौसममा सुधार भएपछि २०७८ फागुन १ देखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५