एसियाली मुलुक चीनको बेइजिङमा २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ ।
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।
९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्