नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्की नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2022

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय गरेको बताइएको छ ।
छनोट समितिले यसअघि तीन जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषद्‍मा पठाएको थियो । ११ आवेदकहरुमध्ये छनौट समितिले कृष्णबहादुर कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा राखेको थियो ।

नेप्से विगत लामो समय देखी प्रमुख विहिन बन्दा पाईपलाईनमा रहेका झन्डै दुई दर्जन भन्दा बढी कम्पनीको आइपीओ जारी हुन सकेको छैन । नेप्से प्रमुखको नियुक्ती संगै ति सबै समस्या समाधान गर्न सहज हुने भएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५