नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा कृष्णबहादुर कार्कीलाई नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय गरेको बताइएको छ ।
छनोट समितिले यसअघि तीन जनाको नाम सर्टलिस्ट गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । ११ आवेदकहरुमध्ये छनौट समितिले कृष्णबहादुर कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा राखेको थियो ।
नेप्से विगत लामो समय देखी प्रमुख विहिन बन्दा पाईपलाईनमा रहेका झन्डै दुई दर्जन भन्दा बढी कम्पनीको आइपीओ जारी हुन सकेको छैन । नेप्से प्रमुखको नियुक्ती संगै ति सबै समस्या समाधान गर्न सहज हुने भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्