झन्डै एक करोड बराबरको सुन र आइफोनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2022
International Tribhuwan Airport CaXtptHsa6

झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।

प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका(१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका(७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्।

दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको थियो। त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको कार्यालयले जनाएको छ।

परियार पनि दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका थिए। उनीबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७।५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको थियो।

कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद गरेको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५