प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयमा लोसपाको भूमिका महत्वपूर्ण हुने भन्दै सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको बताइएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले, सभामुख सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने र त्यसका लागि पनि लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको तर पहिला सरकारले एउटा ठोस निर्णय गरेर आए मात्र आफ्नो भूमिका प्रष्ट हुने बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्