एमसीसी पास गर्न अवरोध गरे सभामुखको विकल्प खोज्ने:प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2022
Sher Bahadur Deuba

प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्‍मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयमा लोसपाको भूमिका महत्वपूर्ण हुने भन्दै सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको बताइएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले, सभामुख सापकोटाले संसद्‍मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प समेत खोज्न सकिने र त्यसका लागि पनि लोकतान्त्रिक समाजवादी पार्टीले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको तर पहिला सरकारले एउटा ठोस निर्णय गरेर आए मात्र आफ्नो भूमिका प्रष्ट हुने बताउनुभएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५