जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धक रहेको उक्त आईपीओको लागि आवेदन दिने अन्तिम मिती २५ माघ सम्म रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्