प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव ल्याएमा आफुहरुले एमसीसी अनुमोदन गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै एमाले सचिव रायमाझीले विधिसम्मत तरिकाले नचलेको भन्दै कांग्रेसले सभामुख सापकोटालाई हटाउन महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धनले एमसीसीको बारेमा आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रष्ट पार्ने तर एमसीसी पास गर्न पनि सभामुख अवरोध हुने भन्दै सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव ल्याएमा आफुहरुले एमसीसी अनुमोदन गर्न सहयोग गर्ने पनि रायमाझीले बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्