परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् ।
गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्