कैलालीमा नौ सिमा स्तम्भ खोलाले बगाएको छ

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2022
border pillar

कैलाली जिल्लाको नेपाल–भारत सीमामा स्थापित नौ वटा सीमास्तम्भ खोलाले बगाएको छ ।

कर्णाली र मोहना नदीले दुई मुख्य र सात वटा साना सीमास्तम्भ बगाएको छ । सशस्त्र प्रहरी बल कैलालीका प्रहरी नायब उपरीक्षक धनबहादुर सिंहले यस वर्ष सशस्त्र प्रहरी बलले हेरचाह गर्दै आएका २८३ सीमा स्तम्भमध्ये नौ वटा बगाएको जानकारी दिनुभएको छ ।

२८३ सीमास्तम्भमध्ये १८४ स्तम्भ सुरक्षित अवस्थामा, २० वटा मर्मत गर्नुपर्ने, तीन वटा पुनर्निर्माणको आवश्यकता रहेका र ३२ वटा बेपत्ता र ३५ वटा पानीमा डुबेको पनि उहांले जानकारी दिनुभएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले नेपाल–भारत सीमानामा रहेका पिलर बगाएर बेपत्ता भएका र पुनःनिर्माण र मर्मत गर्नुपर्ने काम संयुक्त संयन्त्रको निर्णयअनुसार गरिने बताउनुभएको छ ।

कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमानामा सशस्त्र प्रहरी बलका १८ वटा सीमा चौकीले सीमा सुरक्षाका साथै सीमास्तम्भको निरीक्षण, अनुगमन र सुरक्षा प्रदान गर्दै आएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५