स्थानीय तह निर्वाचन : सीके राउतदेखि विद्यार्थीको आन्दोलनसम्म सुरक्षा चुनौती

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2022
Baithak

केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी जेठमा प्रस्ताव गरिएको चुनावका सन्दर्भमा सुरक्षा योजना बनाउनेबारे प्रारम्भिक छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा अहिलेको अवस्थामा सीके राउतले किसानको नाममा तराई क्षेत्रमा जारी राखेको आन्दोलन, एमसीसीको विरोधमा विप्लवसहित विभिन्न पक्षले जारी राखेको आन्दोलन सुरक्षा चुनौतीको रुपमा रहेको ठहर गरिएको छ।

यस्तै विद्यार्थीको आन्दोलनबाट उत्पन्न भएको सुरक्षा चुनौतिका साथै यी समग्र विषयमा प्रभावकारी रुपमा शान्ति सुरक्षा दिने विषयमा छलफल भएको बैठकपछि एक अधिकारीले जानकारी दिनुभयो ।

यस्तै स्थानीय तहको निर्वाचनमा थप जनशक्ति आवश्यक पर्ने भएकाले म्यादी भर्ना गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५