नाइजेरियामा बन्दुकधारीद्धारा गत वर्ष एक हजार १९२ को हत्या

  • नेपाल राष्ट्रिय दैनिक
  • February 2, 2022
Armed Bandits

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । त्यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् ।कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५