अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आज विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।
मूल्यवृद्धिसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भीर नभए अखिल क्रान्तिकारी सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
नेपाल आयल निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी फेरि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँको दरले तथा आन्तरिक हवाईइन्धनमा प्रतिलिटर रु। १० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले वृद्धि गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्