नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ ।
मूल्यवृद्धि पश्चात पेट्राेलकाे मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेकाे छ भने डिजेल र मट्टितेलकाे मूल्य १२५ कायम भएकाे छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलाेलिटर १०० अमेरिकी डलर बढाइएकाे छ।
याे सँगै हवाइ इन्धन आन्तरिक प्रतिलिटर ११६ तथा अन्तर्राष्ट्रियतर्फकाे प्रतिकिलाेलिटर १०९५ अमेरिकी डलर कायम गरिएकाे छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्