अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गर्ने सरकारले निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।
काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्य अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्