राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2024
rastriya sabha

काठमाडौँ- राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुनेभएको छ। राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको निर्वाचनको विस्तृत कार्यतालिका फागुन २७ गते सार्वजनिक गरिने भएको छ ।

५९ सदस्यीय राष्ट्रीय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि यही फाल्गुन २० गते सकिँदै छ । माघ ११ गते भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका छन् भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एकजना सदस्य मनोनीत गर्नेछन् ।

संख्यात्मक हिसाबमा हाल राष्ट्रिय सभामा गठबन्धन सरकारको स्पष्ट बहुमत रहेको छ भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला राष्ट्रीय सभा अध्यक्षको दाबेदारको रुपमा रहेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५