इरानका सर्वोच्च नेता अली खामेनीले टेलिभिजनमा प्रसारित एक वक्तव्यमा डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै ,”अमेरिकी सेनाले इजरायलसँग तेहरानको द्वन्द्वमा हस्तक्षेप गर्यो भने “अपूरणीय क्षति” हुने बताएका छन्। “
मंगलबार, ट्रम्पले “इरानमाथिको आकाशमा आफ्नो पूर्ण नियन्त्रण” भएको दाबी गर्दै, खामेनी लुकेको स्थानबारे समेत आफुहरुलाई जानकारी भएको र उनि एक सहज निसाना भएको भन्ने चेतावनीपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि, खामेनीले ट्रम्पलाई चेतावनी दिंदै, “इरान विरुद्द युद्धमा प्रवेश गर्नु “१००% आफ्नै हानि” हो भन्ने अभिव्यक्ति दिएका हुन् ।
साथै,उनले भनेका छन् ,” इरानलाई आत्मसमर्पण गर्न भन्नु “बुद्धिमान” होइन, र इरान कसैको आक्रमणको धम्कीमा कहिल्यै आत्मसमर्पण गर्नेछैन ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्