फाैजदारी अपराधमा अनुसन्धान र कारबाही गर्न आयाेगकाे प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

  • नेपाल राष्ट्रिय दैनिक
  • October 7, 2025
Gauri Bahadur Karki cLqeaTrZCG

काठमाडौँ – “जेन जी” आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फाैजदारी अपराधका घटनाको छानबिन सम्बन्धमा गृह मन्त्रालयले असाेज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयाेगकाे प्रतिवेदन आएपछि मात्रै कारबाही गर्नु भनेकोमा, जाँचबुझ आयाेगका अध्यक्ष गाैरीबहादुर कार्कीले जाँचबुझ आयाेगकाे प्रतिवेदन कुर्न नपर्ने बताएका छन् ।

कार्कीले भदौ २३ र २४ गते भएका फाैजदारी कानुन आकर्षित हुने घटनाको छानबिन नियमित कानुनी प्रक्रियामा गर्न अवरोध नपुग्ने बताएका छन् ।

भदौ २३ र २४ भदौमा जेन–जी आन्दोलनमा भएको दमन र प्रदर्शनकारीका कारण भएको विध्वंसको जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५