काठमाडौँ – “जेन जी” अभियन्ताहरुले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान तीव्र बनेको छ। “जेन जी” अभियन्ताहरूको आह्वानमा ट्विटर, फेसबुक र अन्य प्लेटफर्महरूमा #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers ह्यासट्यागसहित अभियान सञ्चालन भइरहेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक एक पोस्टरमा ओली र लेखकको तस्बिर राखी उनीहरूलाई ‘हत्यारा’का रूपमा चित्रित गरिएको छ। पोस्टरमा “हत्या गर्नेहरूलाई पक्राउ गर, नत्र कदम चाल्न बाध्य हुनेछौँ” भन्ने चेतावनीसहित लेखिएको छ।

‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले पनि सो पोस्टर शेयर गर्दै ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। उनले आन्दोलन दबाउन जिम्मेवारहरूलाई कारबाही गर्न माग गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाउन सर्वसाधारणलाई आह्वान गरेका छन्।
“जेन जी” आन्दोलन दबाउन उनीहरू प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लगाउँदै यसअघि नै पूर्वप्रधानमन्त्री ओलीलगायतलाई राजधानी बाहिर जान रोक लगाइएको छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्