नेपाल वायुसेवाको राहत उडानमार्फत १५७ यात्रु भैरहवाबाट काठमाडौं ल्याइए

  • नेपाल राष्ट्रिय दैनिक
  • October 6, 2025
nepal airlines

भैरहवा – विपद र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायात अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई उद्धार गर्न नेपाल वायुसेवा निगमले सोमबार विशेष राहत उडान सञ्चालन गरेको छ। निगमको एयरबस ए-३२० जहाजले भैरहवाबाट १५७ यात्रु बोकेर काठमाडौं फर्किएको हो।

सरकारको अनुरोधमा यो उडान सञ्चालन गरिएको हो। यो राहत उडान अशक्त, बिरामी र वैदेशिक रोजगारका लागि तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो। निगमले आइतबार राति ९ बजेका लागि अनुमति लिएको भए पनि प्राविधिक कारण सोमबारको लागि समय परिवर्तन गरिएको थियो।

आन्तरिक उडान स्थगित भएपछि यात्रुको भीड बढेको कारण सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत उडानको व्यवस्था गरेको हो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५