लगातारको वर्षाले नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक अवरुद्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • October 4, 2025
narayanghard muglin landslide

काठमाडौँ- निरन्तरको वर्षापछि खसेका पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड दुबै आवतजावतका लागि बन्द भएका छन्।

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार बेनीघाट रोराङ–१० को जवाङ खोलामा आज बिहान करिब २ बजे पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको हो। त्यसैगरी नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा पनि पहिरो खसेर सडक बन्द भएको छ।

पहिरोको कारण दुवै तर्फ यातायात पुनः पूर्णरुपमा रोकिएको छ।

निरन्तर वर्षा र ढुंगा–माटो खस्ने क्रम जारी भएकाले अहिले सडक सफा गर्ने काम अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ। २० गतेसम्म यात्रा गर्दा सावधानी अपनाउन सरकारले सार्वजनिक सुचना समेत जारि गरेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५