विदेशी जेलमा ११७१ नेपाली: सात जनालाई आजीवन कारावास

  • नेपाल राष्ट्रिय दैनिक
  • October 3, 2025
man in prison karagar jail

Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

काठमाडौं – परराष्ट्र मन्त्रालयले १ हजार १७१ जना नेपाली नागरिक हाल विदेशी जेलमा रहेका भएको पुष्टि गरेको छ।

मन्त्रालयले संघीय संसद सचिवालयलाई दिएको लिखित जवाफअनुसार विभिन्न मुलुकका जेलमा १ हजार १७१ जना नेपाली नागरिकले कारागार सजाय भोगिरहेका छन्। तीमध्ये सात जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। तर कुन मुलुकमा कति नेपाली छन् र उनीहरूलाई के कस्ता मुद्दामा सजाय भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार विदेशी जेलमा रहेका नेपालीलाई त्यहाँका नेपाली नियोगमार्फत कानुनी र कन्सुलर सहयोग उपलब्ध गराइएको छ।

सरकार नेपाली नागरिकहरू विदेशी भूमिमा कानुनी समस्यामा परेमा आवश्यक सहयोग र सहजीकरण गर्न कटिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५