काठमाडौँ – निर्वाचन मिती तय भइसकेको अवस्थामा मतदाता नामावली संकलन गर्न नमिल्ने भएपछी , ताजा जनादेशको लागि मतदाता नामावली संकलन गर्न र मताधिकार बाट कोहि पनि बन्चित हुन नपरोस भनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली सम्बन्धि ल्याएको पहिलो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।
राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

EN

आफ्नो प्रतिक्रिया दिनुहोस्