काठमाडौँ – आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी ढंगले सम्पन्न गर्नु सरकारको शीर्ष प्राथमिकता रहेको बताइन्। उनले निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत–साधन, जनशक्ति र शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था सरकारले गर्ने आश्वासन दिँदै आयोगलाई तत्काल सम्पूर्ण तयारी अघि बढाउन आग्रह गरिन्।
आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक मतपेटिका लगायतका सामग्री मौज्दातमा रहेको जानकारी गराउँदै, अभाव हुने सामग्री स्वदेशमै उत्पादन भएकालाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक ढंगले खरिद गरिने बताए। उनले राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्रसहित सबै सरोकारवालासँग समन्वय गर्दै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, भण्डारीले निर्वाचन सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइदिन सरकारसँग आग्रह गरे। उनले आयोगलाई नेपाल सरकार, राजनीतिक दल र नागरिक सबैको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्