मन्त्री घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • September 23, 2025
kulman ghishing 1 scaled

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङसँग र नेपालका लागि बेलायतका राजदूत रोब फेनले सिंहदरबारमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा राजदूत फेनले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटमा नेपाल–बेलायतबीचको मित्रता र सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना, जलवायु परिवर्तनले ल्याएका चुनौती न्यूनीकरणका उपायहरू लगायत विषयमा छलफल भएको थियो।

मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारले आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आगामी आम निर्वाचन र सुशासन कायम गर्नु मुख्य प्राथमिकता भएको बताए। उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको योगदानको प्रशंसा गर्दै विधुतिय सवारी प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापना गर्ने बेलायती सहयोग प्रभावकारी भएको उल्लेख गरे।

त्यसैगरी, उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी मोडेललाई नेपालमा पनि अपनाउने, हरित हाइड्रोजन उत्पादन, र जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनजस्ता क्षेत्रमा सहयोग आवश्यक रहेको बताए।

जवाफमा राजदूत फेनले नेपाल बेलायतको पुरानो मित्र भएको भन्दै नेपालको सफलता नै बेलायतको सफलता भएको र नेपालको आर्थिक रुपान्तरणमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५