पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई कानुनी कारबाहीको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • September 21, 2025
ramesh lekhak and kp oli

काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

आइतबार जारी विज्ञप्तिमा समाजले हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सुशासनबिना शान्ति सम्भव नभएको स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको हो। यसका जिम्मेवार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई कानुनी कारबाही गर्नुपर्ने हाम्रो माग हो।” साथै, आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस र नागरिक सम्पत्तिमा भएको आगजनी तथा तोडफोडमा संलग्नलाई पहिचान गरी दण्डित गर्नुपर्ने उल्लेख छ।

शान्ति समाजले प्रहरी र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिएको छ। त्यसैगरी, संवैधानिक र न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्त भएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएको छ।

संगठनले अन्तरिम सरकारलाई नागरिकको अभिभावकको भूमिकामा रही संविधान र उपलब्धि जोगाउन र छिटोमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५