काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आज टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्यमा खरो उत्रन नसक्दा असन्तुष्टि बढेको बताउनुभएको छ।
लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको तर लोकतान्त्रिक मूल्य र मान्यतामा पूर्ण रूपमा उत्रिन नसक्दा जनतामा असन्तुष्टि बढेको बताउँदै, जेन जी पुस्तादेखि नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, सुशासन र कानूनी राज्य सबैको साझा अपेक्षा रहेको उल्लेख गर्नुभएको छ।
सरकार युवापुस्तासहित सबै नागरिकको आशा र अपेक्षा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजगारी, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र विकासलाई राष्ट्रिय एजेण्डाका रूपमा अघि बढाइने पनि कार्कीले बताउनुभएको छ।
प्रधानमन्त्री कार्कीले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसाका कारण नभई संकटग्रस्त अवस्थामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधमा प्रधानमन्त्री बनेको र संविधान बमोजिम आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्