आज विश्वकर्मा पूजा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 17, 2025
bishowkarma puja

आज विश्वकर्मा पूजा । वैदिक सनातन हिन्दू धर्मावलम्विहरूआज भगवान विश्वकर्माको पूजा गरि मनाउँदछन् ।

भगवान विश्वकर्मालाई हस्तकला, शिल्पकार र प्रविधिको रचयिताको रुपमा पुज्ने गरिन्छ। देवताहरुको युगमा पनि विश्वकर्माले हजारौं प्रविधि र यान-यन्त्रहरुको सिर्जना गर्नुभएको भन्ने धार्मिक आस्था अनुसार नै आजको दिन नेपालीहरुले आफ्नो उधोग, कलकारखानामा रहेका मेसिनरी समान, यन्त्र,हतियार र आफ्ना यान्त्रिक सवारी साधनहरुको पूजा गर्ने गर्दछन।

भगवान विश्वकर्मालाई प्राचिन वास्तुविधाको(वास्तुशास्त्र) रचयिता पनि मानिन्छ। वास्तुशास्त्रलाई प्राचिन विज्ञानको रुपमा व्याख्या गर्ने गरिन्छ । दिशा,नक्षत्र र कोणहरु निर्धारण गरेर, पञ्चतत्वको अवस्थिती अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तु विज्ञान वेदबाट प्राप्त भएको मानिन्छ। वास्तुशास्त्र अनुसार निर्माण गरिएको घरमा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको वास रहने विश्वाश गरिन्छ।

आजको दिन भगवान विश्वकर्माको मुर्ति थपना गरेर पूजा गरिन्छ भने भोलि सोहि मुर्तिलाई रितपूर्वक नजिकैको कुनै खोला या तलाउमा लगेर विसर्जन गरिन्छ।

शास्त्रहरुका अनुसार विश्वकर्मालाई सृष्टिकर्ता ब्रह्माका पुत्र मानिन्छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५