काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गर्दै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताले बुधबार सामूहिक हस्ताक्षर गरेर राजीनामा माग गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वको कमजोर भएको,कार्यशैली निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनासँग विपरीत गतिविधिले पार्टी आफ्नो मूल उद्देश्य र विचारअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन्।
राजीनामा माग गर्ने नेतामा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा संघका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्