काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असोज ३ गते शुक्रबार शीतल निवासमा संविधान दिवस (राष्ट्रिय दिवस) मनाउने कार्यक्रम तय गरेका छन्।
राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेले यसका लागि निमन्त्रण पत्र वितरण सुरु गरेका छन्। कार्यक्रममा असोज ३ गते अपराह्न ३:३० बजे राष्ट्रपति पौडेलको समुपस्थितिमा संविधान दिवस मनाइने जनाइएको छ।
हालैको जेन–जी आन्दोलनपछि संविधानको औचित्यमाथि उठेका प्रश्नबीच राष्ट्रपति पौडेलले संविधान दिवस मनाउने तयारी गरेका हुन्। तर, सरकारले संविधान दिवस मनाउनेबारे स्पष्ट धारणा भने अझै सार्वजनिक गरेको छैन।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्