काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले हालैको आन्दोलनको म्यान्डेटअनुसार छुट्टै भ्रष्टाचार छानबिन आयोग गठन गर्ने घोषणा गर्नुभएको छ।
कार्कीको अनुसार, “आयोगले अनुसन्धान गरेर भ्रष्टाचार र अनियमितताको आधारहरू उजागर गर्नेछ, जसले आगामी सरकारले काम कारबाही गर्न सजिलो हुनेछ। “
“जहाँ जहाँ भ्रष्टाचार र अनियमितता भएको छ, त्यसको अनुसन्धान गरेर कम्तीमा कारबाहीको तहसम्म पुर्याउन सके सरकारले सहजै काम गर्न सक्छ। हाम्रो काम भनेको बाटो खोल्ने हो,” प्रधानमन्त्री कार्कीले बताउनुभयो।
यस्तै, जेन जी आन्दोलनको दमनबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाइने र आयोगलाई सुरुवाती रूपमा एक महिनाको समय दिइनेछ भने आवश्यक परे थप १५ दिन समय दिने व्यवस्था रहनेछ। मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको पनि प्रधानमन्त्री कार्कीले बताउनुभएको छ।
प्रधानमन्त्री कार्कीले सरकारको कार्यकाल केवल ६ महिनाको भएकाले यस अवधिभित्र अधिकतम काम गर्ने लक्ष्य रहेको बताउनुभयो।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्