काठमाडौँ — “जेन जी” शहिदहरूलाई नेपाल सरकारका मन्त्रीहरू कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।

त्यस्तै सशस्त्र प्रहरीले “जेन जी” शहिदहरूलाई श्रद्धान्जली स्वरुप अन्तिम सलामी अर्पण गरेका छन् ।
जेन–जीको आन्दोलनका क्रममा निधन भएकाहरुलाई सरकारले शहिद घोषणा गर्दै उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरेको हो । उनीहरुको सम्मान र सम्झनामा असोज १ गते शोक दिवस मनाइने भएको छ ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्