पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिक सक्रियतामा फर्कन संविधानले रोक नलगाएको देउवाको भनाइ

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2025
sherbahadur deuba PM nepal 20210730014612

विराटनगर — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिक गतिविधिमा फर्कन संविधानले कुनै रोक नलगाएको स्पष्ट पारेका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सक्रियतालाई अस्वाभाविक ठान्न नहुने बताए। उनका अनुसार, राजनीतिक दलमा आबद्ध हुन संविधानले कुनै प्रतिबन्ध नलगाएकाले उनीहरूको संलग्नता स्वाभाविक हो।

यद्यपि, नेकपा एमालेले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किए पनि उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। अर्कोतर्फ, पूर्वउपराष्ट्रपति पुन भने नेकपा माओवादी केन्द्रमा सक्रिय भइसकेका छन्।

यस विषयमा उठेका प्रश्नमा देउवाले भने, “संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन, त्यसैले यसको औचित्य सकिएको भन्ने प्रश्न उठ्दैन।”

संविधान संशोधनबारे पत्रकारले उठाएको प्रश्नमा देउवाले दुईतिहाइ बहुमत जुटेपछि मात्र प्रक्रिया अघि बढ्ने बताए। उनले हाल दलहरूबीच छलफल भइरहेको तर तत्काल कुनै ठोस निष्कर्ष नआएको जानकारी दिए।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५