देवनागरी लिपि मेट्ने षड्यन्त्र भएको भन्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय विरुद्ध आन्दोलन घोषणा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 24, 2025
embossed number plate nepal 402x226 1

काठमाडौं – सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध ‘जाग नेपाली’ अभियानले आन्दोलन गर्ने घोषणा गरेको छ। अभियानका संयोजक डा. दीपेश केसीले यो कदम देवनागरी लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै कडा प्रतिरोध गर्ने बताए।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा डा. केसीले देवनागरी हटाएर रोमन लिपि जबर्जस्ती थोपर्ने प्रयासलाई जनताले अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

उनले विदेशी स्वार्थ र कमिशनको लोभमा नेपाली जनतालाई शोषण गर्दै मातृलिपि नामेट गर्ने प्रयास भइरहेको दाबी गर्दै यस्तो षड्यन्त्र परास्त गर्न सबैलाई प्रतिकारमा उत्रिन आह्वान गरेका छन् ।

डा. केसीले राष्ट्रघाती तत्वले धम्की र त्रास देखाएर रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट थोपर्न खोजिरहेको आरोप लगाउँदै जनतालाई बहिष्कार गर्न र जडान नगर्न आग्रह गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५