काठमाडौं – सरकार सातै प्रदेशमा सञ्चालन गर्ने गरी सातवटा ट्विनअटर विमान खरिद गर्न तयारी गर्दैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल–पहाडका दुर्गम क्षेत्रमा जहाज अभावले हवाई सेवा प्रभावित भएको भन्दै यसलाई समाधान गर्न नयाँ जहाज खरिदको प्रस्ताव अघि बढाइएको बताएका छन् ।
हाल नेपाल एयरलाइन्ससँग दुई ट्विनअटर मात्रै रहेको र त्यसले माग पूरा गर्न नसक्ने भन्दै उनले पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँग सहकार्य गर्ने योजना सार्वजनिक गरेका छन् ।
हाल देशभर ५३ विमानस्थल रहे पनि अधिकांश निष्क्रिय अवस्थामा छन्। पाण्डेले ट्विनअटर संख्या घट्दै गए दुर्गम बासिन्दाको जीवन अझ कठिन हुने बताएका छन्।
जहाज संख्या कम भएका कारणले पनि विभिन्न दुर्गम हिमाली भेगमा हवाई उडान संचालन गर्न नसकेको पनि उनले बताएका छन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्