काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन्।
शर्माले भारत र चीन दुवै छिमेकीको व्यवहारप्रति विरोध जनाउँदै लेखेका छन्, “ऐतिहासिक तथ्यका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी छ। प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश गरिनु आवश्यक छ।”
साथै, उनले लिपुलेक सम्बन्धी सर्वपक्षीय सर्वदलीय बैठक आह्वान गर्न सरकारसँग माग गर्दै सो बैठकमार्फत साझा दृष्टिकोण र प्रतिबद्धता निर्माण गर्नुपर्ने बताएका छन् ।उनले यसका निम्ति चाल्नुपर्ने कदमका बारेमा पनि सुझाएका छन्।
यस्ता छन् विश्वप्रकाशले सुझाएका ६ पहलहरू :
१) सरकारको आह्वानमा सर्वदलीय/सर्वपक्षीय बैठक।
२) बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो एक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण गर्नुपर्ने ।
३) हाम्रो संसद्ले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको ‘चुच्चे नक्सा’प्रति देशभित्र र अन्तर्राष्ट्रिय जगत्मा थप स्पष्टता।
४) भारत र चीनबिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमतिउपर नेपालले पठाएको कूटनीतिक नोटसमेत स्मरण गराउँदै पछिल्लो सहमतिउपर पुन: कूटनीतिक नोट।
५) ऐतिहासिक तथ्यहरूका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी, प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश।
६) नेपाल-भारत सीमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूह ईपीजीको ७ वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरू समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्