काठमाडौं – काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उदघाटन गर्ने तयारी हुँदैछ। दिउँसो २ बजे हुने उक्त कार्यक्रममा भण्डारी स्वयं उपस्थित हुने जनाइएको छ।
यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय नभई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका रूपमा प्रस्तुत गरेको छ। समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने संरक्षकमा पूर्वराष्ट्रपति भण्डारी स्वयं रहनेछिन ।
एमालेले भण्डारीलाई पुनः सदस्यता नदिने र सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेपछि बदलिएको परिस्थितिमा अब भण्डारी पक्षधरहरूले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत त्यहिँबाट राजनीतिक गतिविधि गर्ने तयारी गरेको बताइएको छ।
प्राप्त जानकारी अनुसार, सोही घरबाट स्व. मदन भण्डारीले २०४८ सालको चुनावी अभियान सञ्चालन गरेका थिए भने उनको निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि त्यहीँबाट चुनावी अभियान सञ्चालन गरेकी थिइन्।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्