राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • August 10, 2025
sital niwas rastrapati bhawan

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार बिहान शीतलनिवासमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली बिहान राष्ट्रपति भवन पुगेर राष्ट्रपति पौडेलसँग सरकारका गतिविधि र पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयले यो भेटलाई नियमित संवादको हिस्सा बताएको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमण र भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा आफ्नो सहभागितासम्बन्धी विवरण राष्ट्रपतिलाई जानकारी गराएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५