नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 21, 2022
Jhalanath Khanal

नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालय बैठकले संसदमा एमसीसी निर्णयार्थ पेस हुंदा विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

खतिवडाले आफ्नो पार्टीका सबै सांसदलाई एमसीसी सदनमा निर्णयार्थ पेस हुँदा विपक्षमा उभिन लगाउने तथा अन्य दलसँग पनि त्यसका लागि वातावरण बनाउने बताएका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५