खराब मौसमको कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा प्रभावित,साउदी अरबबाट आएको विमान ढाका डाइभर्ट

  • नेपाल राष्ट्रिय दैनिक
  • December 31, 2021
aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaplane divert

खराब मौसमको कारण आज बिहानैदेखी आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा प्रभावित बनेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान दुबै सेवा अवरुद्ध बनेको छ ।

साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको विमान मौसमको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछी ढाका डाइभर्ट गरिएको छ । त्यस्तै दोहाबाट आएको हिमालय एयरलाइन्स र दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि लामो समय आकाशमै उडिरहेका थिए भने कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुइ विमान पनि अवतरण गर्न नसकेपछी निजगढको आकाशमा घुमिरहेको थियो ।

मौसममा देखिएको खराबीकै कारण आज आन्तरिक उडानहरु पनि प्रभावित बनेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५